घर लिलामीको सूचना छापिएपछि युरोपमा एक घण्टा रोएँ- रामकृष्ण ढकाल
कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।
एक घण्टा रोएँ
पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’
गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’
No comments: