Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नीताको उध्रेको चोली र तक्मेको १९४० ले तात्यो मलेसिया...

नायिका नीता ढुंगानाले मलेसियाका विभिन्न शहरमा आयोजना भइरहेको ‘एभरेष्ट कन्र्सट’मा दर्शकको उत्साहजनक साथ पाएकी छिन् । पहिलो पटक कार्यक्रमका लागि विदेश  आएकी नीताले विभिन्न चर्चित गीतमा दर्शकलाई भरपुर मनोरञ्जन दिएकी छिन् 


उनले उध्रेको चोली, मखमली चोली चाइदैन, गाला रात्तै लगाएतका गीतमा नृत्य गरेकी छिन् । मलेसियाको राजधानी क्वालालम्पुरबाट सुरु भएको यात्रा पेनाङ, जोहोरबारुमा पुग्दा सम्म नायिका ढुंगानाले दर्शकलाई भरपुर मनोरञ्जन दिएकी छिन् । यस्तै कन्र्सटको अन्तिम दिन आइतबार केलाङको होकाइनो हलमा कार्यक्रम हुदैछ ।

यस्तै कार्यक्रममा विल्सनविक्रम राई अर्थात तक्मे बुढाले पनि दर्शकलाई पेट मिचिमिची हसाँएका छन् । उनले १९४० को कथा भन्दै दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । कार्यक्रम हेर्नका लागि मलेसियाका हरेक शहरमा दर्शकहरुको भिड उर्लिएको छ ।
१९ औ विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर ४ दिनका लागि आयोजना गरिएको कार्यक्रममा गायिका विष्णु चेम्जोङ, लोक गायक मिलन लामा, गायक रोज मोक्तान, गायिका सम्झना लामिछाने मगर, मोडल भावना गुरुङ, गीनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल थानेश्वर गुरागाँइ, गायक सोम बुढाथोकीको प्रस्तुतीले पनि दर्शकलाई मनोरञ्जन दिइरहेको छ ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगी रहेका छन् । उनीसँग फोटो खिचाउन र उनलाई हेर्नकै लागि मात्र पनि दर्शकहरु कार्यक्रम हलसम्म पुगेका छन् । आइएमी र आइटेलले प्रायोजन गरेको यो कार्यक्रमलाई स्थानिय नेपाली व्यवसायी तथा संघसंस्थाहरुले पनि सघाएका छन् । मंगलबार कार्यक्रमका लागि मलेसिया आएको कलाकारको टोली आउँदो मंगलबार नेपाल फर्किनेछ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस 


No comments:

Leave a Reply