Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Nag Panchami festival In Kathmandu

नागको चित्रलाई पुजा गरि मनाइने नागपञ्चमी पर्व आज हिन्दु धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम गरि मनाउदै छन् । प्रत्येक वर्ष साउन शुक्लपक्ष पञ्चमीमा बिहानै घरमा लिपपोत गरेपछि मूलढोकामाथि विभिन्न रंगले बनाइएको नागको चित्रलाई गोबरले टाँसी गाईको दूध र दुबो चढाएर पूजा गरिन्छ । गरुडतन्त्रै विष्णु वचनमा यस दिन घरको ढोकामाथि वा तोरणमा नागको चित्रलाई त्यसको चारै कुनामा गोबर टाँसी सिंगो सुपारी, रायोको गेडा, दुबो र गाईको दूधसमेत चढाई विधिपूर्वक पूजा गरेमा नाग र गरुडको भय नहुने भनाई छ । यस दिन विशेषगरी शंखपाल, महाकृष्णो, नन्दोपनन्द, कर्कोटक, पद्म, वासुकी, कुलिक र अनन्त नागराजाको पूजा गरिन्छ ।


No comments:

Leave a Reply