राजेशसँग २० बर्षसम्म लभ पर्छ भन्ने छैन नि ? : करिश्मा मानन्धर(भिडियो)
नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै नै जमेको छ । राजेश र करिश्माको बिचमा विभिन्न खालका चर्चा पनि बजारमा हुने गर्दछन् । उसो त नायिका मानन्धर पनि आफ्नो र राजेशसँगको जोडी सर्वाधिक चर्चामा रहेको स्विकार गर्न पछि पर्दिनन् ।
तर सार्वजनिक कार्यक्रममा नायक राजेश हमाल र करिश्मा नबोलेको भन्ने कुरा सधै चर्चामा आइरहन्छ । करिश्मा पनि यो कुरालाई स्विकार गर्दै भन्छिन्, ‘मानिसलाई हेर्दा त्यस्तो लागेको हो र यस्तो लाग्नु स्वभाविक पनि हो ।’ राजेशजी को कम बोल्ने स्वभाव हुनु, कहिलेकाही नमस्कार गर्दा पनि नफर्काउने जस्तो बानीले पनि आफुहरु बिच धेरै बोलचाल नहुने उनको तर्क छ ।
करिश्माले राजेश र आफ्नो सम्बन्धको बिषयमा मानिसले कल्पना मात्र गरेको भन्दै त्यस्तो कल्पनालाई स्वभाविक र सकारात्मक भनेकी छिन् । उनका अनुसार कुनै पनि मानिसको अफेयर चलेपनि २० बर्षसम्म नचल्ने भन्दै आफू र राजेशको बिषयमा चल्ने विभिन्न टीप्पणीहरु मानिसको कल्पना मात्र भएको बताइन् ।
आफूले राजेश हमाललाई सधै नै सम्मान गर्ने बताउदै उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ भन्ने लागेको करिश्मा बताउछिन् । राजेशलाई सन्देश दिनुहोस् भन्दै करिश्माले अझै अगाडी आफूहरु काम गर्नुपर्छ भन्ने पछि परिनन् । करिश्मासँग गरिएको बिशेष कुराकानी अनलाइनखबरमा सोमबार प्रकाशन हुनेछ ।
No comments: