मल्लिका शेवरात होटल छोडेर टाप कसिन ! बलिउड समाचार | KALYWOOD NEWS | AUGUST 18, 2013 3:10 PM
नयाँ दिल्ली, भाद्र २, बलिउड अभिनेत्री मल्लिका शेरावत निकैनै दुखद अबस्थामा राजस्थान छोडन बाध्य भएकी छन । समाचार अनुसार मल्लिका आफ्नो आगामी फिल्म `भंवरी देवी` को शूटिङका लागी जयपुरमा थिइन । तर उनलाइ अचानक जयपुर छोडनका लागी बध्य हुनु परेको भारतीय मिडियाहरूले जनाएका छन । मल्लिका जयपुरमा जुन होटलमा बसेकी थिइन । त्यहाँ केही मानिसहरू रक्सी पिएर उनको कोठामा आए । त्यसपछि उनका साथमा गलत व्यावहार गर्नथाले । त्यसपछि उनी त्यहाँको बातावरण विग्रिएपछि होटल छोडेर भागेकी छन । एक दैनिक पत्रिकाले जनाए अनुसार, केही नेता र प्रमुख व्यवसायीहरू नशामा मात्तिएर उनको होटलको कोठामा पसेर उपद्रव मच्याएका थिए । यद्दपी शेरावत होटल स्टाफ र स्पट ब्वाइ लाइ जानकारी दिएर ती मानिसहरूको बिचबाट एक्कसी निस्कन सफल भएकी थिइ । तर यस घटनाले शेरावतलाइ यति धेरै आहत पुर्यायो कि उनी शुटिङ छोडेर भाग्नका लागी बाध्य हुनु पर्यो । दैनिकले घटनास्थलमा रहेका सूत्रहरूलाइ उद्धृत गर्दै बताए अनुसार सबैलाइ थाहा थियो कि मल्लिका शेरावत फिल्म `भंवरी देवी` को शूटिङका लागी शहरमा छिन । यसैले जुन होटलमा मल्लिका बसेकी थिइन । त्यसमा कडा सुरक्षा रहेको थियो । त्यहाँ केही युवाहरू उक्त सुरक्षा घेरा तोडेर होटलमा पस्न सफल भए । त्यसपछि उनको कोठाको ढोका ठोक्न थाले । उनीहरूले अश्लील गीतहरू गाउँदै अश्लील कमेन्ट समेत गरेका थिए । उनीहरूले बबाल मच्याउन थालेपछि शेरवत होटल छोडेर भागेकी थिइन ।
No comments: