सेलिब्रिटीलाई नांगिन कुनै आइतबार चाहिँदैन
आजकल सेलिब्रिटीलाई नांगिन कुनै आइतबार चाहिँदैन। कुनै न कुनै निहुँ बनाएर लुगा फुकाल्न पाए हुन्थ्यो भने जस्तो गर्छन्।
यतिबेला गायिका लेडी गागाको नांगो भिडियोले बजार तताएको छ। 'मोन्स्टर मदर' गागा पर्फर्म आर्टको निहुँमा प्राकृतिक वेशमा देखिएकी हुन्। सर्वियाकी ६६ वर्षीया परफर्मेन्स आर्टिस्ट मरिना अब्रोमोभिचको इन्स्टिच्युट पुगेकी गागाले जंगलबीच आँखामा मत्रै पट्टी बाँधेर 'आर्ट पर्फर्म' गरेको साढे दुई मिनेट लामो भिडियो सार्वजनिक गरिएको छ।
सहयोग रकम उठाउन माहिर किकस्टार्टरले क्याम्पेनका लागि गागाको उक्त भिडियोको सहायता लिएको हो। भिडियोमा गागालाई जंगलबीच तलाउछेउ नांगै देख्न सकिन्छ। उनी घरी हिंडेकी छन्, घरी ठूला-साना क्रिस्टलसहित सुतेकी छन्। ६ लाख डलर उठाउन थालिएको क्याम्पेनबाट २ लाख २८ हजार डलर उठिसकेको छ।
No comments: