मनोज गजुरेल अब जोकशास्त्री !
हास्यव्यंग्यकर्मी मनोज गजुरेललाई अब जोकशास्त्रीको रुपमा हेर्न, सुन्न र पढ्न पाइने भएको छ । गजुरेलको ‘जोकशास्त्र’ आउँदो हप्ता बजारमा आउँदैछ । पढ्ने, सुन्ने र हेर्ने तीनवटै माध्यमबाट आउने जोकशास्त्रमा मूलतः सामाजिक विषयवस्तुहरु संकलित रहेका गजुरेलले जानकारी दिनुभयो ।’सकारात्मक सोचको विकास गराउने खालका रचनाहरुले अँध्यारोलाई उज्यालोतिर, दुःखलाई खुशीतिर, घृणालाई प्रेमतिर, अनि निराशालाई आशातिर लैजानेखालका रचनाहरु जोकशास्त्रमा संग्रहित छन्’ गजुरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
जोकशास्त्रभित्रका केही प्रसंग यस्ता छन् :
……..
काम नहुनेसंग दाम हुँदैन, दाम नभएको मान्छेलाई ‘सपिङ’तिर जामजस्तो लाग्दैन । गए पनि, सामान ओल्टाई गर्छ, पल्टाई हेर्छ, लामो स्वास फेर्छअनि ट्वाइलेट छिर्छ पर्स पल्टाउँछ, पैसा हुँदैन, अनि छड्के छड्के पर्दै साहुजीले नदेख्ने गरी बाहिर निस्कन्छ । (बेरोजगारीका फाईदा)बाट
……..
जापानमा काम खोज्नै लाग्यो उसलाई तिन महिना ! चौथो महिनामा बल्ल पायो एउटा कठिन काम तर ‘ठिक ठिकै’मात्र थियो दाम १ दामकमाउने सपनाको भयो सुरूवात ! उ देख्ने गर्दथ्यो सामान्य सपनाहरु ! एउटा चिटिक्क परेको घर, घर आागनमा टलक्क टल्किने गाडी ! गाडीको अघिल्लो सिटमा श्रीमती, पछाडि ‘बार्बी डल्स’सँग खेल्दै गरेका छोराछोरी १ यिनै खुद्रा सपना बनाउन साकार, काममा घोटिई रह्योनिरन्तर । (धर्ती बेचेर आकासमा महल ठड्याउनेहरुबाट)
…….
यो जुनीमा दान गरे अर्को जुनीमा स्वर्ग पुर्याउछु भन्ने ‘सडक सन्तहरु’ र क्रान्तिपछि संसार जनताको बनाउँछु भन्ने कामरेडहरु, झण्डै उस्तै उस्तैलाग्छ । किनकि जसरी दान धर्म गर्ने मानिस स्वर्ग पुगेर आएको घटना कतै सुनिएको छैन त्यसै गरी संसार जित्ने ‘सर्वहारा’ पनि कहीं सत्तामापुगेको छैन । (सिद्धान्तको पसलबाट)
…..
कसैलाई लागु पदार्थले मताउाछ, कसैलाई सम्पतिले मताउँछ, कोही शक्तिको नशामा मातिन्छन्, कोही स्त्रीको दृश्यमा मातिन्छन् । मात्ने काईदाविभिन्न हुने भएपछि ‘मापसे चेकिङ्’पनि भिन्न भिन्न कोणबाट गर्नु पर्छ भन्ने जोकशास्त्रीय ठम्याइ छ । (मादक पदार्थको पुन:ब्याख्याबाट)
…….
समस्याको जरो शब्द हो । ‘अझै भात पाकेको छैन रु’ भन्नुको सट्टा ‘भात पाकेको छैन होला हगि ? ’ भनेको भए परिस्थिति अर्कैतिर मोडिन्थ्यो ।त्यसको जवाफमा ‘हेरिस्यो न, म त साँझतिर झ्याप्पै निदाएछु’ भन्ने प्रत्युत्तरले निरकुमार गल्न थाल्ने थिए-’ए, हिजो हामी अलि ढिलो सुत्यौं नित ! ’ त्यसपछि खाना पकाउने कुरो प्राथमिकतामा पर्दैनन्थ्यो, रङ्गिन विषय अगाडि आउाथ्यो- ‘आज त खाना खाएर सुतिहाल्ने है ?’ जवाफमानिरमायाले लजाउँदै भन्ने थिइन्- ‘हजुरले सुत्न दिए पो । (बचनको घाउबाट)
…….
यो देशको सिमाना अमेरिकाजस्तो विकसित देशसाग जोडिएको भए हामी कति सम्पन्न हुन्थ्यौं होला !’ तुरुन्तै दिमागले थर्काउँछ- ‘नालायक ! सम्पन्न हुन्थ्यो कि, बोलिभिया जस्तो हुन्थ्यो र दुस्ख पाइरहन्थ्यो नि ! न क्युबा बन्थ्यो र नाकाबन्दीको सिकार भइरहन्थ्यो कि ? (मनको अपरेसनबाट)
……..
त्यहाँको बस्तुस्थिति कस्तो थियो भने, बाहुनलाई अगाडि देख्दा क्षेत्रीहरु ‘दर्शन् बाजे’ भन्थे । पछाडि पर्नासाथ ‘टपरे बाहुन’ भन्दै कुरा काट्नथालिहाल्थे । बाहुनहरु पनि कम थिएनन् । क्षेत्रीलाई सामुन्नेमा ‘नमस्ते काजी’ भने पनि मौका पर्नासाथ ‘खस पाजी’ भनेर खिसी गर्दथे ।’(मानिसको अन्तराष्ट्रिय जातीबाट)
…….
मेरो विचारमा प्रचण्ड कमरेडले नेपालमा राम्रो सेक्युरिटी कम्पनी खोल्ने हो भने उहाँ मालामाल हुने सम्भावना छ । अयोग्य तथा अवकास प्राप्तजन सेनाहरुलाई कम्पनीमा भर्ना गरेर ‘चमत्कार सेक्युरिटिज्’ खोल्ने हो भने वास्तमै चमत्कार नै हुने देखिन्छ । कार्यकर्ताको जिविकोपार्जनपनि हुने, आफ्नो आन्तरिक सुरक्षा पनि रहने !’ (रिटायर्ड राजनीतिज्ञबाट)
…….
एक दिन तपाईंकी प्रेमिकाको आाखा मात्रै हेर्नोस् । अर्को दिन तपाईंको प्रेमीको ओठ मात्रै नियाल्नोस् । पर्सिपल्ट श्रीमतीको बोली मात्रै सुन्नोस् ।निकोपर्सि श्रीमान्को जुागामा मात्रै ध्यान दिनोस् । प्रत्येक दिन नयाँ तरिकाले हेर्नोस् । हरेक महिना भिन्नै पाराले बोल्नोस् । यो वर्ष तपाईंकोँस्टाइल’ चेञ्ज गर्नोस् । अर्को वर्ष उहाँको ‘फैसन’ फेरिदिनोस् । अनि तपाईंले अनुभव गर्नु हुनेछ- श्रीमान् श्रीमती सम्बन्ध पुनर्निमाणको मज्जा । (नयाँ प्रेमी नयाँ श्रीमतीबाट)
……
रिस व्यवस्थापनको झापडीय प्रयोगमा हामी थुप्रै पटक असफल भएका छौं । जति झापड हान्छौं , त्यति नेताको उचाईं बढ्छ र हाम्रो रिसको पारोझन् चढ्न थाल्छ । त्यसमाथि तिनका भाषणबाज मुखसँगैको गालामा हाम्रा कर्मशील हात लगाउँदा आफ्नै हत्केलाको बेइज्जत हुन्छ । त्यसोगर्दा, उल्टै हात दुख्छ, रिस बढी उठ्छ । (रिसको व्यवस्थापनबाट)
………
अस्तीको दिन म ‘राष्ट्रपतिको को कदम’का बारेमा बोलिरहे थिएँ । छलफल गम्भिर मोडमा पुग्नै लागेको थियो । मित्रले वेप्रसङ्गबस च्वाट्टै कुरोकाटिहाले- ‘।।।अनि भाउजूलाई सञ्चै छ ? ’ उनले प्रसङ्गलाई यसरी मोडिदिए कि, मानौं , राष्ट्रपतिको कदमपछि ‘भाउजू’को तल्लोपेट दुख्न थालेको थियो, त्यसमा उनी चिन्तित थिए । (हाम्रा महान बानीहरुबाट)
……
पुष्प कमल दाहाल ‘दीपकराज’ र बाबुराम भट्टराई ‘दीपाश्री’को अभिनय निकै राम्रो देखिन्थ्यो । एक्लै दौड्न खोज्ने मोहन वैद्य ‘गौडा’ रक्यारिकेचरिष्ट नारायणकाजी ‘का ।।वेइमान’को प्रस्तुतिले शृङ्खला निकै हास्यास्पद पारेको थियो । राम बहादुर थापा ‘कम्प्युतलइन्दिनियल-लादाराम’ र ऐँच, उँचमा अभिनय गर्ने हिसिला यमी ‘स्विटी’ले शृङ्ललालाई झन स्वीट बनाएका थिए । (संविधान किन बनेनबाट)
……..
हाम्रो देश नेपाल यसै पनि आधा उधि त ‘भारत’ नै भैसक्यो ।’ पहिलो युवकले कुराको सुरूवात गरे । दोस्रो युवकले सहमति जनाए- ‘त्यही त, बरुसिङ्गै सुम्पिन पाए टन्टै ‘खलास’ हुन्थ्यो ।’ तेस्रोले विषयको बिट मारे- ‘कसरी ?’ चौथो युवकको जवाफ दिए- ‘पल्सर’ चढ्ने दाममा कार चढ्नपाइन्थ्यो क्या (दर्दनाक चुट्किलाहरुबाट)
………
सिटमा बेल्ट नभएकाले आफ्नै बेल्ट फुकालेर बाँध्न हुन तथा महिला दिदी बहिनीहरुले सल, पछ्यौरा तथा ईंजारले काम चलाउनु होला । जहाजमाधेरै बोल्ने तथा धेरै पिउनेहरुका लागि ‘टेप तथा सुपरग्लु’ को व्यवस्था गरिएको छ, हाम्रा परिचारिकासाग सम्पर्क राख्नु होस् । (एयर नेपालबाट)
No comments: