बौद्धस्थित स्तुपा परिसरमा तिब्बती नागरिकद्वारा आत्मादह
एक तिब्बती नागरिकले राजधानीको बौद्धस्थित स्तुपा परिसरमा आफ्नो शरीरमा आगो लगाएर आत्मादह गरेका छन्। बौद्ध प्रहरीले दिएको जानकारी अनुसार ति तिब्बती नागरिकले स्वतन्त्र तिब्बतको माग गर्दै आत्मादह गरेको वा आत्माहत्या गरेको भन्ने कुरा खुल्न नसकेको बताएको छ । मंगलबार बिहान बौद्ध स्थिति बौद्ध स्थुपा परिसरमा करिब ४० वर्षीय तिब्बती नागरिकले आत्मादह गरेका हुन् । ति व्यक्ति शारीरिक रुपमा अशक्त थिए । प्रहरीको अनुमान अनुसार ति व्यक्तिले गोप्य ठाउँमा गएर आत्माहत्याको प्रयास गरेकाले उनको लक्ष्य कुनै राजनीतिक नभएर आत्माहत्याको प्रयास मात्र हुन सक्छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी मनोज केसीले बताएका छन् । ुआत्मादहको प्रयास गर्ने तिब्बती नागरिकलाई उपचार शिक्षण अस्पतालमा पुर्याएपछि अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको छ ।
No comments: