Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

स्वदेशी उत्पादनकोबजार प्रवर्द्धन गर्न जुम्लाका स्याउ राजधानीमा

२९ साउन, काठमाडौं । स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्न जुम्लाका स्थानिय किसानहरुले राजधानीमा जुम्ली स्याउ भित्राएका छन । भारत र चीनका स्याउले बजार ओगटिरहेका बेलामा स्थानियहरुले जुम्ली स्याउ राजधानीमा भित्राएका हुन् । राजधानीमा स्वदेशी स्याउको बजार प्रवर्द्धन गरि विदेशी स्याउ विस्थापित गर्ने उनीहरुको लक्ष्य रहेको छ । जुम्लाको लाम्ब्रा गाविस आसपासबाट पहिलो चरणमा १० टन स्याउ राजधानीमा भित्राएको स्थानिय किसान प्रकाश खड्काले बताउनुभयो । ‘स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्नका लागि जुम्लाका स्याउ राजधानी ल्याएका हौं’ उहाँले भन्नुभयो- ‘स्वदेशी स्याउ बजार नपाएर बोटमै कुहिएर नष्ट भइरहेको छ, विदेशी स्याउले भने नेपालमा राम्रो बजार लिइरहेको छ ।’ करोडौं रुपैयाँ बराबरको स्वदेशी स्याउ बजार र मूल्य नपाएर बोटमै कुहिएर नष्ट भइरहेको खड्को गुनासो छ । ‘तीन चार जनाको सक्रियतामा उचित मुल्य र बजार सृजना गर्नका लागि स्याउ राजधानी ल्याईएको हो’ उहाँले भन्नुभयो । यातायातको सुविधा नहुँदा कणर्ाली अञ्चलमा फलेका स्याउले उचित मुल्य र बजार नपाएर बोटमै कुहिएर नष्ट भइरहेको छ । राजधानी ल्याइएका स्याउ अहिले भक्तपुरको बालकोटमा राखिएको छ । स्याउ काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा विक्री गर्न खड्काले जानकारी दिनुभयो । स्याउ तिन प्रकारका हुनाले मूल्य पति फरक-फरक राखिएको छ । खड्काका अनुसार स्याउको मूल्य काठमाडौंका उपभोक्ताले प्रतिकेजी १ सय १० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म खरिद गर्न पाउनेछन् । स्वच्छ हावापानीमा उत्पादन भएको हुनाले स्याउ धेरै स्वादिलो रहेको उहाँले दाबि गर्नुभयो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ७० प्रतिशत स्याउ चीन र भारतबाट आउने गरेको छ । स्थानीय उत्पादनले ३ महिना पनि माग धान्न नसक्ने व्यापारीहरुको अनुभव रहेको छ ।


No comments:

Leave a Reply