काठमाडौको बल्खूमा एक व्यापारी घरमा बम पड्किएपछि !
काठमाडौं, १४ साउन । काठमाडौको बल्खूमा एक व्यापारी घरमा आइतवार साँझ बम पड्किएको छ। एमाओवादी नजिकका अटो व्यापारी नवराज भुषालको घरको गेटमा बम विष्फोट भएको हो। गेटमा बम पड्किएकाले कुनै क्षति भने हुन पाएन। प्रहरीले इप्रोभाइज डिभाइस प्रयोग गरेर वम विष्फोट गराएको जनाएको छ। बमको क्षमता कम भएकाले क्षति कम नभएको पनि बताएको छ । भुषालालाई तीन दिन अगाडी अज्ञात व्यक्तिले फोन गरेर पैसा मागेका थिए। बम विष्फोटको घट्नामा पनि तिनै व्यक्तिको संलग्नताको आशंका गरिएको छ। घट्नास्थलबाट माओवादी कम्युनिष्ट पार्टी नेपालको पर्चा भेटिएको छ।
No comments: