Archive:
Showing posts with label News. Show all posts
४ भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा यति एयरलाइन्सले धनकुटाका १०६ वर्षीय बोटे राईको जहाज चढ्ने धोको पुरा गरिदिएको छ । धनकुटाका स्थायी बासिन्दा राईले आइतबार मर्नुभन्दा अगाडी चरा झैं आकाशमा उड्ने रहर भएको बताउनुभएको थियो ।
उहाँलाई भेट्न गएका सामाजिक संस्थाका प्रतिनिधीहरुलाई आफ्नो स्वास्थ्य जाँचभन्दा जहाज चढ्ने धोको पुरा गरिदिन आग्रह गर्नुभएको थियो । उहाँ अहिले रुघाखोकी र ज्वरोको विरामी हुनुहन्छ ।

वृद्ध राईको मर्नु अगाडी चरो जस्तै जहाजमा उढ्ने रहर भएको कुरा संचारमाध्यमबाट थाहा पाएपछि यति एयरलाइन्सले उहाँको चाहाना पुरा गरिदिएको हो । उहाँ विराटनगरबाट यति एयरमा चढेर आज दिउँसो ४ बजे राजधानी उत्रिनुभएको छ । विरामी भएका कारण उहाँको साथमा भतीज मान बहादुर राई पनि आउनुभएको छ । उहाँ आज गौशालामा रहेको इन्द्रेनी होटलमा बास बस्ने यति एयरलाइन्सले जानकारी दिएको छ । उहाँलाई यति एयरलाइन्सका प्रतिनिधिहरुले पशुपतीनाथको समेत दर्शन गराउने बताइएको छ । राई भोली यति एयरबाटै विराटनगर फर्किनु हुनेछ । गरिबीले चाहेर पनि जहाज चढ्न नपाएका उनले जहाज चढेर राजधानी भित्रँदा मनमा सन्तोष र खुशी लागेको बताउनुभयो । उहाँले आफ्नो चाहाना पुरा गरिदिने यति एयरलाइन्सलाई धन्यवाद दिनुभयो । तीन पत्नीका पति राईले आकासमा उडेका जहाज देख्दा आफु पनि जहाजमा उड्न पाए हुन्थ्यो भने कल्पना गरिरहनुहुन्थ्यो । अहिले उहाँ ७५ वर्षीय भान्जा र ७४ वर्षीय भान्जीबुहारीको साहारामा हुनुहुन्छ् ।

उसो त नेपाली सिने जगतमा आफ्नो प्रतिद्धन्दी कलाकारहरुको तारिफ भन्दा पनि आलोचना गर्नेहरु धेरै छन् । विशेषगरी अर्काको राम्रो भन्न नसक्ने कलाकारहरुको संख्या पनि यहाँ कम छैन ।
तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महशुश’की नायिका केकी अधिकारीले भने आफ्नै सहकर्मीहरुबाट राम्रो तारिफ पाइरहेकी छिन् । केकीले ‘महशुश’मा गरेको अभिनयले धेरैको मन पनि जितेको छ । ‘महशुश’मा नायिका अधिकारी गौरीको भूमिकामा देखिएकी छिन् ।
केकीको प्रशंसा गर्दै अर्की नायिका पि्रयंका कार्कीले फेसबुकमा आफ्नो अनुभव साटेकी छिन् । उनले केकीको अभिनयले आफूलाई गर्व लागेको भन्दै नेपाली सिने नगरीमा वास्तविक अभिनय गर्ने नायिका रहेकोमा खुशी लागेको बताएकी छिन् ।
केकीको अभिनयलाई लिएर यस अघि पनि केही कलाकारहरुले तारिफ भरिएको शब्द कोरेका थिए । आर्यन सिग्देल, बेनिशा हमालको समेत अभिनय रहेको यो चलचित्रबाट नायिका केकी अधिकारीले विशेष प्रशंसा पाइरहेकी छिन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रले व्यापार भने सामान्य गरेको छ ।
फेसबुकमा अनावश्य कुराहरु लेखेर समय खर्च गर्ने नेपाली सिनेमाका कलाकारहरुले सिने नगरी र अन्य कलाकारको बिषयमा सकारात्मक कुरा लेखेको खण्डमा पक्कै पनि सबैलाई फाइदा नै मिल्ने छ ।

विजय ‘आवाज’
सन् २००९ मा कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ सिने नगरीमा संघर्ष गर्दा गर्दै दिक्क भएर मलेसिया हानिएका थिए । मलेसियामा पुगेर उनले एक रेष्टुरेन्टमा वेटरको काम गरेका थिए । तर उक्त रेष्टुरेन्टमा काम गर्ने प्रेम दाज्यूको प्रेरणाले उनी नेपाल फर्किए र आज चर्चित कलाकार बनेका छन् ।

तर उनै विल्सन ४ बर्ष पछि आफूले काम गरेको डाओराई कोरियन रेष्टुरेन्टमा पुगे । ४ बर्ष पछि उनी त्यहाँ पुग्दा उनको परिचय फेरिएको थियो । उनी चर्चित कलाकार ‘तक्मे बुढा’को नामले परिचित थिए । आफूले काम गरेको रेष्टुरेन्टमा पुगेका उनलाई त्यहाँका नेपालीहरुले हृदय देखि नै स्वागत गरे । आफूसँग काम गर्ने प्राय सबै साथीहरुले काम छोडिसकेका थिए । मलेसियामा आयोजना भएको एभरेष्ट कन्र्सटमा भाग लिने क्रममा त्यहाँ पुगेका ‘तक्मे बुढा’ आफूले काम गरेको रेष्टुरेन्टमा गएका हुन् ।
आफ्नो पुरानो दिन सम्झैदै जाँदा विल्सनको आखाबाट आँशु झर्यो । उनले ४ बर्ष अघि कोरियन रेष्टुरेन्टमा काम गर्दा आफूलाई धेरै गाह्रो भएको बताउँदै प्रेरणा दिने सबैलाई धन्यबाद दिएका थिए ।
उनले आफूसँगै गएका अन्य कलाकारहरुलाई वेटर बनेर खानेकुरा वितरण पनि गरे । ‘म ४ बर्ष अघि यही पेशा गर्थे, आज फेरी त्यही दिनको यादा आयो’, रेष्टुरेन्टका कर्मचारीले लगाउने पहिरन लगाउँदै तक्मे बुढाले अनलाइनखबरलाई भने । कोरियन भाषा नजानेर पनि धेरै पटक गाह्रो भएको उनको तर्क थियो ।

‘एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ, राणाले आफ्नो फिल्मी रुचीबारे अनलाइनखबरसँग भन्नुभयो, ‘टाइम पासका लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ ।’
आरजुको रुची उहाँकै भनाइमा-
म फिल्म एकदम हेर्छु । म त इण्डियामा १० वर्ष बसेर पढेको, त्यसैले एकदम सिनेमा हेर्छु । म हिन्दी सिनेमा नै बढी हेर्छु । नेपाली सिनेमा कुनै एकदम राम्रो छ भनेर कहिले गएर हेर्छु । घरमा भन्द पनि हलमै गएर हेर्छु । हलमा फिल्म हेर्दा छुट्टै मज्जा हुन्छ । म, मेरो मुमा र साथीहरुसँग गएर हेरिन्छ । अस्ति एउटा सिनेमा हेर्न सिटी सेन्टरमा गएको, अर्कै हलमा पसिएछ । आमा पनि बूढी, छोरी त बूढी भैहाल्यो, चश्मा झिकेर टिकटमा हेर्नुपर्ने, नहेरी गार्डलाई भनेर ३ नम्बरमा गएर बसेको त अर्कै सिनेमा आउँछ बा Û
उहाँ -शेरबहादुर देउवा) ले सिनेमा हेर्न भ्याउनुहुन्न । हलमा पनि जान मिलेन । उहाँ घरैमा आध्यात्मिक कार्यक्रमहरु, न्युजहरु धेरै हेर्नुहुन्छ । उहाँले गीत त सुन्दै सुन्नुहुन्न । उहाँ प्रचण्डजस्तो नाच्नुहुन्न । पहिले नै धेरै नाचिसक्नुभयो । मसँग बिहा गर्नुभन्दा अघि धेरै नाचिसकेको भएर अहिले त्यति धेरै रुची छैन । हुन त अहिले पनि केटीले नाचौं भने त नाचिहाल्नुहुन्छ नि । चान्चनलाई के छ र । तर, कोही छोरी त कोही नातिनी उमेरका छन् ।
मलाई लुट भन्ने सिनेमा एकदमै राम्रो लाग्यो । नेपाली हिरोइनमा सबभन्दा राम्री त मलाई करिश्मा मानन्धर लाग्छ । सी इज भेरी गुड लुकिङ । रियल लाइफमा पनि कमै मान्छे त्यति राम्री होलान् । रियल राइफमा एकदमै ब्युटिफूल देखेको मैले करिश्मा मानन्धरलाई हो । एकदमै राम्री छन् उनी ।
हिरोमा चाहिँ….. खै । नेपाली सिनेमाका हिरोहरु त्यति राम्रो कोही पनि लाग्दैनन् । राजेश हमाललाई म पहिलेदेखि नै चिन्छु । हिरोभन्दा पनि सोसियल वर्कर । राजेश हमालले खेलेको एउटै फिल्म हेरेकी छु । प्रेमपिण्ड, त्यसमा चाहिँ उहाँले राम्रो एक्टिङ गर्नुभएको थियो ।
तर, मलाई लुटको हिरोहरु एकदमै राम्रो लाग्यो । योङ योङ मान्छे । हाकु काले अनि त्यो कर्मा त मेरो साथीको छोरा हो । सानोमा देखेको, अहिले त हिरो भएछ । उनीहरुको एक्टिङ एकदम नेचुरल क्या ! त्यो सिनेमा मलाई एकदमै राम्रो लाग्यो । त्यो सिनेमा बाएचान्स हेर्न गएको हो, तर यस्तो राम्रो रै’छ । त्यो त हलिउडमै खिचेछन् जस्तै लाग्यो । रियल क्या ! मान्छेले एक्टिङ गरेजस्तै देखिन्न । त्यसका डाइरेक्टरले अर्को पनि सिनेमा बनाएका छन् रे, हेर्न पाइएन । राजबल्लभ भन्ने पनि हेरेकी छु, त्यो पनि ठिकै छ ।
इण्डियाको हिरोमा एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ । हि इज भेरी ट्यालेन्ट । टाइम पासको लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ । उसको अर्को क्यारेक्टर नै छैन, ऊ सलमान नै भएर सिनेमामा देखिन्छ । मलाई ऋतिक रोशन पनि राम्रो लाग्छ । इण्डियाका हिरोइनहरुमा एकदमै राम्रीचाँहि मलाई पि्रयंका चोपडा लाग्छ । प्रियंका चोपडाको फिल्म आयो भने म मिस गर्दिँन । आफैं भएर एक्टिङ गर्नेचाहिँ क्याटि्रना कैफ । उसले हरेक सिनेमामा आफैं भएर एक्टिङ गरेको हुन्छ ।

Discussions