Archive:
Showing posts with label Interview. Show all posts
मिस नेपाल २००२ भएपछि त्यतिबेलैदेखि माल्भिका सुब्बाको चर्चा निकै भयो । विशेषगरी स्टेजमा हुने कार्यक्रम र सामाजिक सेवामा उनको चर्चा अहिलेसम्म चुलिएकैछ । माल्भिका अहिले समाजसेवा र पत्रकारितामा व्यस्त छिन् ।
कस्तो चल्दै छ फेशनको दुनियाँ ?
एकदमै राम्रो भएको छ । हामी अब विदेशमा पनि आँखा लगाउन थालिसकेका छौं । नयाँ नयाँ सोच बोकेर यो क्षेत्रमा प्रतिभाहरु आइरहनुभएको छ ।
तपाईंले मिस नेपाल हुनुअघि र भएपछि के फरक पाउनुभयो ?
मैले त खासै फरक पाएको छैन । म विशेषगरी टेलिभिजनमा फोकस हुन चाहन्थे । यसैले पनि मसँग स्पष्ट भिजन थियो ।
यो दुनिया व्यवसायिक भएको छ ?
शतप्रतिशत त व्यवसायिक भएको छैन । तर जसले यो क्षेत्रलाई करिअरको रुपमा नै लिनुभएको छ उहाँहरुका लागि त यो क्षेत्र व्यवसायिक नै हो । तर टाइमपास गर्न आउनेहरु आएर हराएका छन् ।
यहाँ धेरै सौन्दर्य प्रतियोगिता हुन्छन्, तर मिस नेपालकै चर्चा किन बढी भएको होला ?
यहाँ सौन्दर्य प्रतियोगिता गर्ने होडबाजी नै चलेको छ । युवाहरुमा फेशन र मोडलिङप्रति झुकाव बढ्दै गएको छ । साना साना सौन्दर्य प्रतियोगिता आयोजना गर्ने आयोजकहरुले सहभागी पनि पाउनुभएको छ । तर पनि मिस नेपालसम्म उहाँहरु आउनु आँट भने त्यसै गर्न सक्नुहुन्न ।
मिस नेपालहरु म्यूजिक भिडियो या सिनेमामा आउँछन्, तपाईंको सोच आएन ?
म पहिलेदेखि नै एउटा स्पष्ट दिशा बोकेर आएको थिएँ । मलाई टेलिभिजनमा काम गर्न मन पथ्र्यो । यसैले पनि यो क्षेत्र मेरो लागि चासोको बिषय बनेन ।
किन त्यस्तो, यो क्षेत्र अस्तव्यस्त भएर हो ?
हामीले १२ बर्ष अघि हेर्दा सिने नगरी अस्तव्यस्त नै थियो । अहिले सायद म मिस नेपाल भएको भए यो क्षेत्रमा आउन पनि सक्थें होला । अहिले फिल्म क्षेत्र विकसित भएको हो भन्ने लाग्छ मलाई ।
तपाईंले अहिले बुझेको सिने नगरी विकसित हो ?
पक्कै पनि हो, अहिले यो क्षेत्र विकसित भएको छ । यहाँ नयाँ नयाँ सोच र विचार बोकेकाहरु आएका छन् । पछिल्लो समय बनेको सिनेमाहरु स्तरीय पनि छन् । यसैले सिने नगरी विकसित भएको हो ।
Himalaya Television's Show' Himalaya Countdown'(HC) In Nepali Musical Program which Plays The Top Ten Nepali Pop Music Videos Of The week.Program Is Show Every Sunday Of The week.'HC' Also Interview Various Nepali Singers, Musicians And Other Artists where The Singers And Musician Perform Live In The Show.
'Jeewan Saathi' Nepali Television Show Aired On HImalaya Television Network Is The Show Completely The Interview Of Artist Basically About The Love , Marriage And Life.Program Regularly Hosted By Umika Basnet Interview Artists With Their Life Partner.It Is Also Kind Of Casual Talk.Umika Basnet Who Herself Is Nepali Model Has Interviewed Number Of Actors/Actresses, Singers, Artists And Other Personalities.
'Jeewan Saathi' Nepali Television Show Aired On HImalaya Television Network Is The Show Completely The Interview Of Artist Basically About The Love , Marriage And Life.Program Regularly Hosted By Umika Basnet Interview Artists With Their Life Partner.It Is Also Kind Of Casual Talk.Umika Basnet Who Herself Is Nepali Model Has Interviewed Number Of Actors/Actresses, Singers, Artists And Other Personalities.



















Discussions