Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

लुम्बिनीमा आर्यन र पूजाको `हनिमुन`

अभिनेता आर्यन सिग्देल र अभिनेत्री पूजा शर्मा यतिखेर पश्चिम नेपालको लुम्बिनीमा छन् । लुम्बिनीका सुन्दर लोकेशनमा फिल्म 'मधुमास'को गीत सुटिङका लागि आर्यन र पूजा सहितको फिल्म निर्माण युनिट त्यता लागेको हो ।

लुम्बिनी सहित पाल्पा, गुल्मी लगायतका स्थानका रमणिय लोकेशनमा फिल्मको दुई वटा गीत छायाँकन गरिने निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई जानकारी गराए । एक साताको सेड्यूल निकालेर युनिट पश्चिम नेपालमा मधुमास खिच्न निस्केको हो । 'प्रोमोश्नल गीत भएकाले सुन्दर लोकेशन खोज्दै लुम्बिनी र पाल्पाको यात्रा तय गरेका हौं,' निर्माता दाहालले भने- 'सुमधुर गीतलाई न्याय गर्न पनि सुन्दर लोकेशन आवश्यक थियो ।'

सुरेश अधिकारीको संगीत रहेको फिल्मका गीतमा रेनशा राईले करियोग्राफी गर्दैछिन् । कलाकारलाई आकर्षक देखाउन पुनम क्षेत्री डिजाईनिङको जिम्मा दिईएको छ । दिपावलीको अवसर पारेर कार्तिक १५ गते रिलिज गर्ने योजना बनाईएको लभ स्टोरी फिल्म 'मधुमास'लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । हनिमुनको अर्थ राख्ने मधुमासबाट दर्शकले नयाँ स्वाद पाउने निर्देशक थापाको दाबि छ ।
 
आर्यन र पूजाको साथमा सिवाङ्गिनी राणा र मनोज आरसीको समेत अभिनय रहेको यो फिल्ममा दिनेश न्यौपानेको लेखन, दिपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । फ्राईडे फिल्सको व्यानरमा निर्माण गरिएको यो फिल्ममा बाबुराम र निर्देशक थापाको संयुक्त लगानी रहेको छ । फ्राईडे फिल्सले यसअघि धन्दा फिल्म निर्माण गरेको थियो ।
 


No comments:

Leave a Reply