Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

वाइस वर्ष उमेर पुगेका यमराजको उचाई ३० इन्च मात्र।

बाइस बर्षका यमराजको उचाई ३० इन्च मात्र !
लक्ष्मी गौतम
पाँचथर
वाइस वर्ष उमेर पुगेका पाँचथर दुरदिम्वा गाँउ विकास समिति वडा नम्वर ९ निवासी यमराज मगरको उचाई ३० इन्च मात्र छ, सम्भवतः नेपालकै दोस्रो होचो व्यक्ति हुनसक्ने दावी सरोकारवालाहरुको छ । बेबी सुट,उनिको टोपी र कपडाको जुत्ता लगाएर सानो तौलिया ओढेका यमराज मगर हालै जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमूख जिल्ला अधिकारी र अन्य कर्मचारीले सोचे यी बालक आफ्ना अविभावकका साथ आएका होलान....? प्रमूख जिल्ला अधिकारीका अगाडी पुगेर गाँउ विकास समितिले दिएको सिफारिस देखाँउदै नागरिकता पाँउ भनी निवेदन दिए तव उनीहरु सवै आश्चार्य चकित भए ।

गाँउ विकास समितिले दिएको सिफारिसमा उहाँको जन्म २०४९ साल चैत ९ गते लेखिएको थियो । दुरदिम्वा ९ पाँचथरका नन्दबहादुर र अंकमाया मगरको माइलो छोराको रुपमा जन्मेका उनको शारिरिक वनौट २० वर्षको ठिटो जस्तो नभएर भर्खर खुट्टा टेक्न थालेको शिशु जस्तो देखिएकाले त्यहाँ उपस्थित सवैजना आश्चार्य चकित भएका थिए  ।  सिफारिस हेरिसकेपछि फाँटवाला कर्मचारीले यमराजसँगै रहेको उनका दाजु भेषराजलाई सोधे “कस्को नागरिकता बनाउने भाई तपाँईको हो ?अनि यो वच्चा चाँहि को नि ? तपाईको भाई ?”

भेषरजको उत्तर थियो “हैन सर मैले त पहिल्यै वनाई सकेको उ मेरो भाई हो उस्कै नागरिकता वनाउनु पर्ने ।” सहायक प्रजिअ र भेषराजले कुरा गरिरँहदा यमराज चाँहि केहि लजाए जस्तो गरेर सँगै रहेकी आमातिर ढल्केर पछ्यौरा तानेर लुक्दै थिए । गाँउ विकास समितिवाट सिफारिस लिएर यमराज आफ्नी आमा अंकमाया र दाजु भेषराजका साथ तीन दिनको पैदल यात्रा पछि सदरमुकाम आएर नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । यमराजको उचाई ३० इन्च र तौल ८ केजी छ ।

बागलुङको धुल्लु बासकोटमा २०४९ असोज २८ गते जन्मेर यसअघि विश्वकै होचो मान्छेका रुपमा परिचित भई गिनिजवुकमा नाम लेखाएका २२ इन्च अग्लाई र साढे पाँचकिलो तौल भएका खगेन्द्र थापा मगरसँग तुलना गर्दा यमराज उमेरले छ महिना कान्छा देखिन्छन भने उचाईमा ८ इन्च र तौलमा साढे दुईकेजी मात्र धेरै छ ।

आमा अंकमायाका अनुसार यमराज जन्मँदा स्वस्थ देखिन्थे दुईवर्ष पुग्दासम्म पनि उनको शारिरिक बनौट पनि सामान्य नै थियो । तर दुईवर्ष पुगेपछि भने उनको शारिरिक बनौट विकास हुन छोडेको हो । सातवर्ष उमेर पुगेपछि विद्यालय पठाइए पनि शारिरिक बनौटले नै अप्ठेरो पारेपछि उनी केहि समय पछि आफैं स्कुल जान छाडे । आमा अंकमायाका अनुुसार यमराज घर वढार्ने धन्दा गर्ने जस्ता साना तिना काम गर्न अविभावकलाई सघाँउछन भने आफैं नुहाउन र आफ्ना कपडा पनि आफैं धुन्छन । परिवारका सदस्यसँग राम्ररी गफ गर्ने उनी नचिनेको मान्छेसँग भने लजाँउछन ।

अकस्मात रोकिएको उनको शारिरिक वृद्धीका कारण गाँउका सवैले उनलाई माया गर्छन । तर यसअघि कहिल्यै घरवाट वाहिर नलगिएको आमा अंकमायाको भनाई छ । हालै राज्यले अपाङ्गहरुलाई मासिक भत्ता दिने कुरा थाहा पाएर नागरिकता र अपाङ्गताको परिचय पत्र वनाउन साथै लिएर सदरमुकाम आएको आमा अंकमायाले वताइन । उनले जिल्ला प्रशासन कार्यालय पाँचथरवाट ०२०१०६००६०० नम्वरको नागरिकता लिएका छन ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका कर्मचारी खड्ग बोहरा भन्छन — “उनीवारे खोज अनुसन्धान हुने हो भने विश्वकै दोस्रो होचो मान्छेमा पर्न सक्छन, तसर्थ उनलाई खगेन्द्रका दाजु भने फरक नपर्ला ।” यसरी नागरिकता लिन आएका मगरसँग प्रजिअ सहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी सँगै फिदिम वजारका धेरै मानिसले तँछाड मछाड गर्दै फोटो खिचाएका थिए  । “जिल्ला प्रशासन कार्यालयमा दैनिक ३०देखि पैंचीस जना सम्म नागरिकता वनाउन आउँछन तर हालसम्मको अनुभवमा यस्तो होचो मानिस आएका थिएनन,त्यसैले मेरो जागिरको दौरानमा यो पनि एउटा आश्चार्य हो ।” कर्मचारीहरु भन्दै थिए ।





No comments:

Leave a Reply