Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

हवाई यात्रामा क्रान्ति ल्याउँदै यो अचम्मको साधन (फोटोफिचर सहित)

एकजना अरबपति वैज्ञानिकले एउटा यस्तो चमत्कारिक तथा अत्याधुनिक हवाइ यातायातको परिकल्पना गरेका छन् जसले हवाइ यात्राको क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ । अनलाइनमार्फत पैसा भुक्तानी गर्ने विश्वको चर्चित संस्था पे पलका एक जना कर्मचारी इलोन मस्कले सौर्य उर्जाबाट चल्ने हाइपरलुप नामक उक्त हवाइ साधन निर्माणको योजना अघि सारेका छन् । हाइपरलुप एउटा ट्युबको रुपमा हुनेछ जसभित्रको क्याप्सुलमा यात्रुहरु बस्नेछन्, त्यसपछि त्यो ट्युबलाई रकेटको शैलीमा उडाइनेछ । यात्रु बोकेको त्यो साधन आकाशमा ध्वनीको गतिमा उड्नेछ र भनेको ठाउँमा अवतरण गराउन सकिनेछ ।


इलोनका अनुसार यो साधनबाट अमेरिकाको लस एन्जल्स देखि सन फ्रान्सिस्को सम्मको दूरी केवल ३० मिनेटमा पार गर्न सकिनेछ । जबकी ३८१ माइलको उक्त दूरी पार गर्न हवाइजहाजलाई एक घण्टा लाग्छ । अर्को रोचक कुरा त के भने यो ट्युबमा चढेर यात्रा गर्ने यात्रुले रकेटमा चढेर अन्तरीक्षमा हुत्तिएको जस्तो अनुभव गर्न सक्नेछन् ।


यो ट्युवरुपी साधनभित्रका क्याप्सुलमा मानिसमात्र नभएर कार र अरु कार्गो सामान समेत पठाउन सकिनेछ । यो हाइपरलुप सटगन जस्तो आकारको हुनेछ जसमा ट्युबहरु अगाडि र पछाडिको भागमा बन्द भएर लूप बनाउनेछ । यो हाइपरलुप ७६० माइल प्रति घण्टाको गतिमा आकाशमा हुत्ताउन सकिनेछ । यो हाइपर लुप साधन बनाउन सुरु गरिने र यसको पूर्ण रुप ५ देखि ७ वर्षभित्रमा तयार हुने दाबी उनको छ ।
विडियो हेर्नको लागी तलको बक्समा डबल क्लिक गर्नुहोस


No comments:

Leave a Reply