Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाल मा चुनाव नै चुनाव यसपालि म एनआरएनको अध्यक्ष : शेष घले

२३ साउन, काठमाडौं । २३ वर्षअघि विद्यार्थी बनेर अष्ट्रेलिया प्रवेश गर्नुहुने अष्ट्रेलियाकै १८० औं धनी नागरिक शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा उमेद्वारी दिनुहुने भएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर घलेले उमेद्वारी घोषणा गर्न लाग्नुभएको हो । घलेले आफू सर्वसम्मत अध्यक्ष हुने दाबीसमेत गर्नुभएको छ । एनआरएनको अन्तरराष्ट्रिय सम्मेलन आगामी अक्टोबरमा काठमाण्डौंमा हुँदैछ ।

आफ्नो उमेद्वारीबारे घलेको भनाइ :
गैरआवासीय नेपाली संघको स्थापनापछि धेरै सकारात्मक कुराहरु भएका छन् । तापनि यतिबेला प्रतिवद्धता र घोषणापत्र मात्रै होइन, सबै सकारात्मक प्रगतिका विषयहरुलाई निरन्तरता दिँदै अरु थप योगदान पुर्‍याउन संघको नेतृत्वका लागि उम्मेद्वारी दिने निर्णयमा पुगेको छु ।हामी सबै एनआरएन भएपछि त्यहाँ किन भन्ने त प्रश्न नै भएन । एनआरएनको गठनले थुप्रै सकारात्मक कुराहरु ल्याइदिएको छ । संसारभरि छरिएर रहेका नेपालीको मन, धन र ज्ञानलाई नेपाल र नेपालीको हितमा अविच्छिन्न उपयोग गर्नु पर्ने हुनाले अहिले आफू मातृभूमिका लागि केही दिन सक्ने अवस्थामा रहेकोले पनि यो अभियानमा सरिक भएको हुँ ।
मेरो व्यापार र व्यवसायप्रति अब कुनै चिन्ता छैन । नेपालको छोरो हुनुको नाताले मातृभूमिप्रति योगदान पुर्‍याउन एवं मैले जिन्दगीका करीव ४०/४५ वर्षसम्म हासिल गरेका ज्ञान, धन एवं अनुभवको केही हिस्सा भए पनि निस्वार्थ मातृभूमिको हितका खातिर खर्च गर्न एनआरएनएको अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको हुँ ।यतिका वर्षसम्म सफल व्यवस्थापक भएर आर्जन गरेको क्षमता नेपालको सामाजिक आर्थिक विकासमा लगानी गर्नु नै उम्मेद्वारीको अभिष्ट हो ।एनआरएनको स्थापनाकालमा नै म केन्द्रीय सल्लाहकारको भूमिकामा थिएँ, २००५ मा दोहा सम्मेलनमा भाग लिएपछि एनआरएन अष्ट्रेलिया स्थापना गर्न सकृय भूमिका निभाएँ । २००७ मा प्रमुख प्रायोजकको रुपमा एनआरएन अष्ट्रेलियाको सम्मेलन सफल पार्न पनि सहयोग गरें । यसै गरी २००९ मा मेलवर्न सम्मेलनमा समेत मेरो आर्थिक एवं भौतिक-वौद्धिक सहयोग रह्यो । २००९ मा नै एनआरएनले मलाई आउटस्ट्याण्डिङ इन्टरपेनियर या अष्ट्रेलिया अवार्डमात्र दिएन, मैले विश्व सम्मेलनमा सामाजिक-आर्थिक विकासका लागि एनआरएनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरें । साथै संघको अष्ट्रेलियामा स्थापना भएको सामाजिक कल्याणकारी कोषमा २० हजार डलर एवं सिड्नी क्षेत्रीय सम्मेलनका लागि ८५ हजार डलर सहयोग गरें ।
सन् २०११ देखि एनआरएनको सामुहिक लगानी टास्क फोर्सको सह-प्रमुखका रुपमा नेपालमा लगानी भित्र्याउन एवं परियोजनाहरु व्यवस्थापन गर्न क्रियाशील छु । त्यतिमात्रै होइन, एनआरएनको सामुहिक लगानीको परियोजनाको अध्यक्षको रुपमा समेत कार्यरत छु । भर्खरै मनिला मिटिङमा सहभागी भएँ, जुरीचमा सामुहिक लगानीका लागि यूरोप क्षेत्रका साथीहरुलाई उत्प्रेरित गरेर आएको छु ।शुरुका दिनमा अलिकति अन्योल एवं आश्चर्य भएको जस्तो प्रतिकृया आए पनि गैरआवासीय नेपाली समुदायका साथीहरुसँगको छलफलमा अधिकाशं सकरात्मक रहेको पाएको छु । मूलतः सिड्नी सम्मेलनपछि मलाई संसारभरका साथीहरुको आग्रह आउन थालेको हो । शुरुका दिनमा कुनै निर्णयमा नपुगे पनि अन्ततः आगामी दुई वर्ष सबै व्यापार व्यवसाय एकातिर पन्छाएर यो सेवामूलक काममा मन, तन र धन दिन राजी भएर साथीहरुको आग्रह स्वीकार्ने निर्णयमा पुगेका हौं । साँच्चै भन्ने हो भने म २४/७ उपस्थित हुने गरी एनआरएनको अध्यक्ष पदमा रही काम गर्न पूर्णरुपले तयार भएको छु ।
सजिलो समयमा त जो पनि तयार होलान् । हामीले उर्जा खपत गर्ने अप्ठ्यारोमा नै हो । एनआरएनको आगामी नेतृत्वले नेपालमा दैवीप्रकोप कोषको खडा गर्नुपर्छ, मेरोे एउटा कार्ययोजनाभित्र यो पनि छ । त्यस्तै २००५ को दोहा सम्मेलनमा लगानी कोषको कुरा उठाइएको हो । तर, त्यो चर्चा पछि विस्तारै हराएर गयो । यद्यपि त्यो सोच चाहीं राम्रो नै थियो । गल्ती कमजोरी हुनु अपराध होइन, तर त्यसलाई सच्चाउनु पर्दछ । १०० मिलियन डलरको लगानी कोषको काम हुन नसके पनि १०० मेगावाटको बिजुली निकाल्ने काममा भने हामी सफल हुँदैछौं । धन धनीले नै दिन सक्ने कुरा हो । तर, एनआरएनमा सबै धनीमात्रै हुनुपर्दछ भन्ने कुरा सही होइन । सैद्धान्तिक एवं व्यवहारिक रुपमा नै एनआरएन भई सकेपछि हामी सबै यो वा त्यो नभनिकन एकतावद्ध भएर सामूहिक हितका लागि अघि बढ्नु पर्छ ।”
कतिपय साथीहरुवीच उचित सम्पर्क र कुराकानी हुन नसकेका कारण केही द्विविधा हुन सक्छ, तर विस्तारै ती सबै कुरा खुल्दै जानेछन् । संसारभरका साथीहरुको प्रतिकृया सुनेर म विनम्र भएको छु । अष्ट्रेलिया सबैभन्दा ज्यादा सदस्य भएको एनआरएनए हो । म अध्यक्ष हुनु भनेको एनआरएन अष्ट्रेलियाको लागि पनि गर्वकै विषय हुनु पर्दछ । तर, यहाँ गर्वको विषय भन्दा पनि जिम्मेवारी र त्यो पूरा गर्न सक्ने इच्छा शक्तिको सवाल महत्वपूर्ण छ । यी सवै कारणले यस पटक म एनआरएनको अध्यक्षमा सर्वसम्मत नै हुने अवस्था देख्छु ।
-डिल्लीराम ढकालसँगको कुराकानीमा आधारित


No comments:

Leave a Reply