भारतमा नेपालीपछि स्थानीय टेलिभिजनमा पनि प्रतिबन्ध, आन्दोलन झनै उग्र
साउन २६ । भारतको दार्जीलिङमा गोरर्खाल्याण्ड आन्दोलन झन् झन् चर्कदै गएपछि आन्दोलनलाई दबाउन सरकारले नेपाली टेलिभिजन प्रसारणमा गरेको बन्दसँगै स्थानीय टेलिभिजन पनि प्रसारणमा रोक लगाइएको छ ।
लोकतन्त्रवादीको सर्वकित्तामा उभाउन चाहने ममता ब्यानर्जीको पश्चिम बंगाल सरकारले स्थानीय टेलिभिजन केबलमाथि प्रतिवन्ध लगाएको हो । तर मिडियामा प्रतिबन्ध लगाए पनि आन्दोलन भने झनै चर्केर जान थालेको छ ।
दार्जिलिङका स्थानीय केबुलमा प्रतिबन्ध लगाइएपछि जनताको सूचनाको अधिकार हनन भएको भन्दै त्यहाँका सञ्चारकर्मीहरु समेत आन्दोलनका अवस्थामा पुगेका छन् । सरकारको उक्त नीतिप्रति सञ्चारसम्बद्ध सबैले विरोध जनाएका छन् ।
नेपाली भाषाको बाहुल्य रहेको दार्जिलिङमा यसअघि नै भारत सरकारले नेपाली टेलिभिजन प्रसारणमा रोक लगाएको थियो । नेपालीभाषाका साथै दार्जिलिङमा पाकिस्तानी टेलिभिजन च्यानमाथि पनि प्रतिबन्ध लगाइएको बताइएको छ ।
त्यहाँ स्वतन्त्र गोर्खाल्याण्डको माग राखेर गरिएको गोर्खाल्याण्डको बन्दले जनजीवन भने झन् झन् अस्तव्यस्त बन्न थालेको छ । सरकारले त्यसमा माग वार्ता र सम्वादबाट गर्नको सट्टन मिडियामाथि समेत प्रतिबन्ध लगाएर अधिनायकत्व कायम गर्न थालेको आलोचना समेत बढ्न थालेको छ ।

No comments: