Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

कोइरालाको दिल्ली भ्रमणमा शीतलनिवासको पहल

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारतीय प्रानमन्त्री मनमोहन सिंहले बोलाएको भन्दे यतिबेला दिल्ली भ्रमणमा हुनुहुन्छ । तर, कोइरालालाई भारतीय प्रधानमन्त्रीले भेट्ने इच्छा गरेर नभई स्वयं कोइरालाकै जोडबलपछि यो भ्रमण तय भएको खुलासा भएको छ । दिल्ली पुगेर भारतीय प्रधानमन्त्री डा। मनमोहन सिंहलाई भेटेलगतै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भ्रमण उपलब्धीमूलक एवं अपेक्षा गरेभन्दा सफल भएको बताउनुभएको छ । चाहेर वा नचाहेर कोइरालाले साँचो बोल्नुभयो, ६ दिने भ्रमणको दोस्रो दिन सिंहलाई भेटेलगतै कोइरालाले भ्रमण सफल भन्नुको प्रष्ट अर्थ भारतीय संस्थापन पक्षले अपेक्षा गरेभन्दा बढी महत्व दियो भन्ने हुनपर्छ । जवकि कोइरालाले भ्रमण सफल भयो भन्न्े प्रतिक्रिया दिँदा सोनियाँ गान्धीलगायतसँगको महत्वपूर्ण भेट बाँकी नै थियो । यस्तो थियो दिल्ली जानुअघिको कष्ट स्रोतका अनुसार कोइरालाले साना दुःखले आज्र्याको होइन दिल्ली उडानको टिकट । औपचारिक निम्तोका लागि गरिएको पहल असफल भइरहँदा वरिष्ठ नेता शेरबहादुर देउवा मनमोहन सिंहकै निम्तोमा दिल्ली पुगेपछि कोइराला आत्तिनुभएको थियो । कोइरालाको भ्रमणका लागि महामन्त्री प्रकाशमानसिंहले पहल गर्नु भएको थियो तर, महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत नचाहेपछि शुरुमा केही लागेन । सबै प्रयास असफल भएपछि कोइराला शीतलनिवास पुग्नुभएको थियो । राष्ट्रिय राजनीतिमा सहयोग नगरेको गुनासोसहित कोइरालाले आफ्नो भारत भ्रमणका लागि पहल गरिदिन कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका राष्ट्रपति डा। रामवरण यादवलाई आग्रह गर्नुभएको । ‘बाहिरबाट हेर्दा भारतले नेताहरुलाई बोलाएको जस्तो देखिन्छ तर, नेताहरु हामीलाई पनि बोलाइदिनुपर्‍यो भन्दै अनेक च्यानल लगाउँछन्’ काठमाडौंस्थित भारतीय दूतावास निकट स्रोतले भन्यो-’कोइरालाको भ्रमणमा राष्ट्रपतिको पहल थियो ।’ कोइरालालाई भारतीय संस्थापन पक्षले नरुचाउने भएकाले पनि भ्रमणका लागि राष्ट्रपति नै गुहार्नुपरेको स्रोतको दाबी छ । मुलायम सिंहसँग वार्ता यसैवीच भारत भ्रमणमा रहनुभएका नेपाली कंाग्रेसका सभापति सुशिल कोइरालाले आज विहानैबाट राजनीतिक भेटवार्ता जारी राख्नुभएको छ । यसक्रममा उहाँले आज समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवसँग भेटवार्ता गर्नु भएको छ । भेटमा यादवले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन सम्पन्न गरेर सक्रमणकालको अन्त्य हुन पर्ने भन्दै त्यसकोलागि लोकतान्त्रिक शक्तिहरुवीचको एकतामा जोड दिएका थिए । उनले नेपालमा निर्वाचन भएर संविधान निर्माण भई लोकतन्त्र संस्थागत भएको हेर्ने भारतको चाहना भएको सुनाउँदै त्यसकोलागि सबै खाले सहयोग गर्न सकिने बताए । भेटमा उत्तरप्रदेश र नेपालको सिमामा हुने अपराध, सुरक्ष लगायतका विषयमा पनि छलफल भएको थियो । कोइरालाले नेपालमानिर्वाचनको विकल्प नभएकोले समयमै निर्वाचन हुने विश्वास ब्यक्त गर्दै त्यसकोलागि अहिले बातावरण बन्दै गईरहेको बताए । उनले भारतीय समाजवादी आन्दोलनका अग्रज रामनारायण लोहिया र नेपाली काग्रेसवीच विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै समाजवादी आन्दोलनलाई एकीकृत रुपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो । सभापति कोइरालले आज सत्तारुढ दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शिद र प्रतिपक्षी दल भारतीय जनता पार्टीका नेता सुष्मा स्वराजसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ६ दिने भ्रमणका क्रममा रहनुभएका सभापति कोइरालाले भोली उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवसँग भेवार्ता गर्नुहुने छ । भेटमा नेपाली पक्षले बाँके स्थित लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि डुवानमा पर्ने गरेको विषय उठाउने तयारी गरेको छ । सभापति कोइरालाले हिजो भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा भारतीय नेताहरुले नेपालका हुन लागेको संविधानसभा निर्वाचनको विषयमा कुराकानी भएको थियो ।


No comments:

Leave a Reply