Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

मन्त्रीको छातीमा प्रचण्डको तस्बीर ,,,,

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

काठमाण्डौ । राष्ट्रपति डा. रामबरण यादवको कोटावाट मन्त्री बनेका विद्याधर मल्लिकले स्वास्थ्य मनत्रालयमा एमाओवादीकरण गरेका छन् । स्वास्थ्यमन्त्री बनेदेखि उनले जति सरुवा, बढुवा तथा राजनीतिक नियुक्ति गरेका छन्, सबै एमाओवादीलाई नै अनुकूल हुने गरी गरेको समाचार स्रोतले जनाएको छ । 
स्थापनाकालदेखि नै लोकतन्त्रवादी नर्सहरुले नेतृत्व सम्हाल्दै आएको नेपाल नर्सिङ काउन्सिलमा पनि एमाओवादीकरण गर्नै लागिएको छ ।

जानकी केसीको चार वर्षे कार्यकाल गत असार २८ मा सकिएपछि नर्सिङ काउन्सिलको रजिस्टार पद रिक्त छ । उक्त पदमा नियुक्तिका लागि एमाओवादी निकट तीनजना नर्सहरुको नाम सर्ट लिस्टिङ गरिएको छ । सर्टलिस्टीङ गरिएका तीन जनामध्ये मिना बानियाँ ओम नर्सिङ कलेज युनियनकी अध्यक्ष एवं उमाओवादीको नर्स फाँट हेर्ने उपाध्यक्ष हुन् । त्यस्तै किरण बज्राचार्य पहिले नेकपा एमालेको टिकट पाउने तहमा रहेपनि यतिबेला एमाओवादीमा ज्वाइन गरिसकेकी छन् , तर एमाओवादीको फोर्समा सर्ट लिस्टमा पारिएको भने होइन ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले खोलेको मिडवाइफ रि प्रोजेक्ट नामक एनजीओकी अध्यक्ष हुन् उनी । यसैगरी सर्ट लिस्टिङको तेस्रो नम्बरमा रहेकी सम्झना पौडेल एमाओवादी नेता देवेन्द्र पौडेलकी बहिनी हुन् । आजको तरुण साप्ताहिकले समाचार छापेको छ ।


No comments:

Leave a Reply