BREAKING NEWS: Fire Breaks Out In Sanischare Pathari Camp Nov 13th 2012
मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा आज राति भएको आगलागिबाट ६० भन्दा बढि छाप्रा नष्ट भएका छन् ।
करिव साढे ९ बजेतिर सेक्टर डी३ बाट शुरू भएको आगोले जलेर ३० वटा जति छाप्रा जलेर नष्ट भएका हुन् भने बाँकी आगो नियन्त्रण गर्ने क्रममा भत्काइएको हो ।
आगलागीको खास कारण थाहा भइनसके पनि लक्ष्मी पूजा गर्ने क्रममा आगो सल्किएको हुन सक्ने शिविर सचिव चम्पसिंह राईले पूर्वेली टाइम्सलाई बताए ।
उनका अनुसार न्यू होराइजन एकेडमीका तीन वटा कोठा समेत जलेर नष्ट भएका छन् ।
झापाबाट गएका २ वटा दमकल, सशस्त्र र जनपद प्रहरी तथा स्थानीय शरणार्थीहरूको सहयोगमा करिव डेढ घण्टामा आगो नियन्त्रणमा आएको थियो ।
आगलागि पिडितहरूको बसोबासका लागि छलफल गरी व्यवस्था गर्ने काम भइरहेको सचिव राईले जानकारी दिए

No comments: